३ आश्विन २०८१, बिहीबार

नेविसंघद्वारा ज्ञापन



धनगढी । नेपाल विद्यार्थी संघ, कैलालीले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघका कार्यवाहक अध्यक्ष भेष बमले कैलाली निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत विद्यार्थीका सात बुँदे यथाशिघ्र पुरा गर्न भन्दै ज्ञापन पत्र बुझाएका थिए । साथै, धनगढीमा गरेको हष्ताक्षर कार्यक्रमको व्यानर पनि ज्ञापनपत्रका साथ बुझाईएको छ ।
उनीहरुले सात वटै प्रदेशमा एक मेडिकल कलेज, कृषि क्याम्पस, ईन्जिनियरिङ कलेज र एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने, संविधानले व्यवस्था गरे अनुसार विद्यार्थीहरुलाई नि:शुल्क स्वास्थ्य विमा कार्यक्रममा समावेश गर्नुपर्ने, रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, धितो राखेर ऋण लिने व्यवस्था गरि सबैलाई उच्च शिक्षाको पहुाचमा ल्याउनुपर्ने लगायतका सात वटा बुँदे सहितको ज्ञापन पत्र बुझाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार