२८ पुष २०८१, आईतवार

खप्तड गोल्डकप : आर्मी क्लव सेमिफाइनलमा प्रवेश



धनगढी । धनगढीमा जारी नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको बिहीबारको खेलमा विजयी हुँदै नेपाल आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रंगशालामा खचाखच भरिएको दर्शक सामु रोमांचक तथा आक्रामक खेल प्रदर्शन गर्दै आर्मी क्लवले रुस्लान थ्री स्टारलाई २–१ ले पराजित गर्‍यो ।
१४ महिलापछि फुटवलमा फर्किएको थ्री स्टारले गोल्डकपको पहिलो खेलमा झापा ११ लाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
आर्मी क्लवले फाईनल प्रवेशका लागि भोलि (शनिबार) मनाङमस्याङ्दी र अग्नि रुपन्देही–११ बीचको खेलको विजेतासँग खेल्नेछ । मनाङमस्र्याङ्दी र अग्नी रुपन्देही–११ बीच आज (शुक्रबार) खेल हुँदैछ ।
बिहीबारको खेल शुरु भएको ६ मिनेटमै आर्मी क्लवका नवयुग क्षेष्ठले पहिलो गोल गर्दैे टोलीलाई १–० ले अग्रता दिलाए ।
आर्मीका लागि दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले गोल थपे । त्यसको चार मिनेटपछि थ्री स्टारले गोल फर्काए पनि हारलाई टार्न सकेन ।
थ्रीस्टारले दोस्रो हाफमा आक्रामक खेल प्रर्दशन गरेको थियो, तर आर्मी क्लवका रक्षकहरूको बलियो डिफेन्सका कारण थ्रीस्टारले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
आर्मीका कप्तान भरत खवास खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए ।
प्रतियोगितामा सुदूरपश्चिम–११ र एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । फाईनलमा लागि एपिएफ र सुदूरपश्चिम–११ बीच आइतबार खेल हुने छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आयोजना भइरहेको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार तथा उपविजेताले पाँच लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार