३ आश्विन २०८१, बिहीबार

नेपाली सेनाद्वारा आगो ताप्ने व्यवस्था



लम्की । केही दिनदेखि अत्याधिक चिसो बढेपछि नेपाली सेनाको गोरांगेस्थित सुदूरपश्चिम पृतना तालिम केन्द शिक्षालयले लम्कीचुहा नगरपालिकाका विभिन्न ठाउँमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
नेपाली सेनाले लम्की चौराहा, एकता मुक्त कमैया शिविर, बसपार्क लगायतका ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै, विभिन्न ठाउँमा चिया समेत वितरण गरेको छ ।
नेपाली सेनाका सहायक सेनानी विरोध रिजालले जाडो अवधिभरी दाउरा वितरण तथा चिया वितरण जारी राख्ने बताए ।
विद्यालयहरु अधिकाशं बन्द भएका छन् । लगातारको सितलहरका कारण किसानले वारीमा लगाएको तरकारी पनी सुक्न थालेको छ । बजारमा मानिसको चहलपहल पातलीएको छ । ठाउठाउमा स्थानीय जाडो छल्लन दाउरा बालेर आगो तापिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार