६ कार्तिक २०८१, मंगलवार

वादीवस्तीमा न्यानो कपडा वितरण



लम्की । कैलालीको लम्कीमा रहेका लायन्स तथा लियो क्लवको संयुक्त पहलमा बुधबार बल्चौरमा रहेको वादी बस्तीमा न्यानो लुगा वितरण गरिएको छ ।
‘बाडौं न्यानो माया’ कार्यक्रम अन्तर्गत वादी बस्तीका ९१ परिवारलाई ज्याकेट, ट्राउजर, पाईन्ट र स्वेटर लगायतका लत्ताकपडा वितरण गरिएको लाइन्स क्लव ३३२ बि टु का जोन चेयरपर्सन दीपककुमार तिमिल्सेनाले बताए ।
त्यस्तै, बल्चौर अनाथ आश्रममा बस्दै आएका आठ जना बालबालिकालाई समेत न्यानो लुगा वितरण गरिएको छ ।
विदेशमा रहेका केही नेपालीहरूको सहयोग र लायन्स सदस्यहरूले रकम संकलन गरी विपन्न वादी वस्तीमा न्यानो कपडा वितरण गरिएको राहत वितरण कार्यक्रम संयोजक घनश्याम डाँगीले बताए ।
बल्चौरमा भएको राहत वितरण कार्यक्रम लायन्स क्लवका पुर्व अध्यक्ष डाक्टर छविलाल जोशी, लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापा, डिल्लीप्रसाद गड्तोला, खडानन्द सापकोटा, कमला ओली, घनश्याम डाँगी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार