६ कार्तिक २०८१, मंगलवार

डाक्टर केसीको रिहाईको माग गर्दै प्रदर्शन



धनगढी । अदालतको अवहेलना मुद्दामा पक्राउ गरिएका डाक्टर गोविन्द केसीको रिहाइ माग गर्दै धनगढीको पार्क चौकमा बुधबार प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले डाक्टर केसीलाई बिना शर्त रिहाइ गर्नुपर्ने र उनका माग पूरा हुनुपर्ने माग गरेका छन् ।
उता, डाक्टर केसीको रिहाइको माग गर्दै कैलालीको सुखडमा पनि प्रदर्शन गरिएको छ । स्वत्रन्त्र विद्यार्थी युनियनका सदस्यहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा ‘यदि डाक्टर केसी पागल हुन् भने हामी पनि पागल हौं’ हामी सबै डाक्टर केसीको साथमा छौं’, डाक्टर केसीलाई तत्काल रिहाई गर, लगायतका नाराबाजी लगाइएको थियो ।
प्रर्दशनपछि कोणसभामा घोडाघोडी स्ववियु सभापति जीवन बिसी, नेपाली काँग्रेसका नेता लक्ष्मण शाही, अखिलका भरत सापकोटा, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य खगेन्द्र हमाल लगायतले डाक्टर केसीको तत्काल रिहाईको माग गरे ।
आइओएमका पूर्व डिन डाक्टर शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि डाक्टर केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विरुद्ध सोमबारदेखि अनशनमा बसेका थिए । सर्वोच्चले अदालतका मानहानी मुद्दामा सोमबार नै उनलाई गिरफतार गरेको थियो । डाक्टर केसीको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भएको थियो । अदालतले मंगलबार डाक्टर केसीको बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार