२१ आश्विन २०७९, शुक्रबार

लेखनाथ जयन्ती मनाइयो : ज्योति पुस्तकालयको साधारण सभा शुरु



पुनर्बास । १३३ औं लेखनाथ जयन्ती यहाँ मनाइएको छ । ज्योति पुस्तकालयको छैटौं साधारणसभाको क्रममा आज पुनर्बासमा लेखनाथ जयन्ती मनाइएको हो । साधारण सभाको कंचनपुर क्षेत्र नम्बर १ प्रदेशसभा क बाट निर्वाचित सांसद तारा लामा तामाङले उदघाट्न गरे । सो अवसरमा बोल्दै सान्सद लामाले पुस्तकालयलाई आवश्यक पर्ने सहयोगको लागि आफूले सक्दो प्रयास गर्ने बताए । कार्यक्रममा कवि गणेश न्यौपानेले स्थापना गरेको कौडिब्य चेतना साहित्य पुरस्कार साहित्यकार निर्मलकुमार भण्डारीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी पाँच हजार रहेको छ । सोही अवसरमा पुनर्बास क्षेत्रबाट राष्ट्रिय पुरस्कार पाउने ३३ जनालाई अभिनन्दन गरिएको थियो । शिक्षा,कृषि, खेलकुद,साहित्य, सस्कृति,चलचित्र बिधाका विभिन्न ब्यक्तिलाई अभिनन्दन गरिएको हो । पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तामाङले दिनानाथ बरालले लेखेको बिधुर – सन्तु सम्बाद शोक काब्यको बिमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्