६ कार्तिक २०८१, मंगलवार

नेविसंघद्वारा विभिन्न मागसहित हस्ताक्षर अभियान



धनगढी । नेपाल विद्यार्थी संघ, कैलालीले बुधबार विभिन्न माग राख्दै धनगढीमा हस्ताक्षर अभियान कार्यक्रम गरेको छ ।
धनगढीको एलएनचौकमा विभिन्न माग सहितको व्यानर झुण्ड्याएर हस्ताक्षर अभियान गरेको थियो ।
सात वटै प्रदेशमा एक मेडिकल कलेज, कृषि क्याम्पस, ईन्जिनियरिङ कलेज र एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने, संविधानले व्यवस्था गरे अनुसार विद्यार्थीहरुलाई नि:शुल्क स्वास्थ्य विमा कार्यक्रममा समावेश गर्नुपर्ने, रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, धितो राखेर ऋण लिने व्यवस्था गरि सबैलाई उच्च शिक्षाको पहुँचमा ल्याउनुपर्ने लगायतका सात वटा बुँदा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार