१२ श्रावण २०८१, शनिबार

टनेल निर्माण तथा गुणस्तरबारे छलफल



धनगढी । नेपाल इन्जिनियर्स एसोसियएसन, धनगढीद्वारा टनेल बोरिङ मेसिन निर्माण पद्धती र गुणस्तरबारे मंगलबार धनगढीमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिंचाईं निर्देशनालयको सहयोगमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका ७५ जना इन्जिनियर र सबइन्जिनियरलाई टनेल बोरिङ मेसिन निर्माण पद्धती र निर्माण गुणस्तर बारे जानकारी गराइएको जनाइएको छ ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसियसनका केन्द्रीय अध्यक्ष ईन्जिनियर हरिराम
कार्यक्रममा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनाका क्वालिटी कन्ट्रोल इन्जिनियर जगदिश्वरमान श्रेष्ठले निर्माण पद्धती तथा गुणस्तर सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिंचाईं निर्देशक इन्जिनियर महेन्द्र बडुको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार