बिरामीलाई चियाबिस्कुट वितरण



टीकापुर । सशस्त्र प्रहरी बल, उग्रतारा गणले मंगलबार टीकापुरमा बिरामीहरूलाई तातो पानी, चीया तथा बिस्कुट वितरण गरेको छ ।
सो अवसरमा टीकापुर अस्पतालका ७० जना बिरामी तथा तिनका कुरूवा र साथी अस्पतालमा १० जना बिरामी र तिनका कुरूवाका साथै खड्क चोकमा बस कुरिरहेका यात्रुलाई तातो पानी, चीया र बिस्कुट वितरण गरिएको उग्रतारा गणका गणपति जनक बोहराले जानकारी दिए ।
सशस्त्र प्रहरी बल उग्रतारा गणले सोमबार ईलाका वन कार्यालयको सहयोगमा नगरपालिकाका विभिन्न स्थानमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्