१२ श्रावण २०८१, शनिबार

बसको ठक्करबाट एकको मृत्यु



लम्की । कैलालीको लम्कीमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी आउँदै गरेको ना ५ ख ७६९२ नम्बरको बसले करिब ९ बजेतिर ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ वर्षिया धौलीदेवी खनालको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफ्न्तले मृतकको सव लम्की चोकमा राखेर दोषिमाथि कडा कारवाहीको माग गर्दै विरोध गरिरहेका छन् ।
दोषिमाथि कारवाही नभए सव नबुझन्े भन्दै स्थानीयले लम्की चौराहामा टायर बालेर राजमार्ग अबरुद्ध गरेका हुन । मृतक खनालका तीन छोरा र दुई छोरी रहेको परिवार स्रोतले जनाएको छ ।
लम्की चौराहामै दुध बेच्न आएकी भुरुवाकी एक महिलालाई सुदुपश्चिम यातायातकै बसले एक साता अगाडि ठक्कर दिएर मृत्यु भएको थियो । सो घटना भएको एक साता नवित्दै अर्को दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार