११ आश्विन २०७९, मंगलवार

महेन्द्रनगरमा वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट



धनगढी । वर्ल्डलिंक कम्यूनिकेशन प्रालिले आइतबारदेखि महेन्द्रनगरमा उच्च गतिको इन्टरनेट सेवा (एफटीटीएच) शुरु गरेको छ ।
प्रालिका प्रबन्धक प्रजय नेपालले विगतदेखि पुरानै शैलीमा चलिरहेको इन्टरनेट सेवालाई विस्थापित गरी अप्टिकल फाईवर सेवा शुरु गरेको बताए ।
धनगढीलगायतका क्षेत्रमा पनि विगत लामो समयदेखि वर्ल्डलिंकले द्रुत गतिको सेवा शुरु गरी सकेको छ ।
प्रवन्धक नेपालका अनुसार यो सोवा शुरु भएपछि एचडी मुभी, अनलाइन गेम, फाइल आदि सजिलै डाउनलोड हुने, १० एमबीपीएस, ५० एमबीपीएसको स्पीड लिन सकिने तथा विद्यार्थी, संघसंस्था, होटल, रेष्टुरेन्ट, व्यवसायिक स्थान, घरमा सस्तो र सर्वसुलभ मूल्यमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्