३१ बैशाख २०८१, सोमबार

नगरपालिका कार्यालयभित्र छाडा पशुचौपाया हुलियो



टीकापुर । स्थानीय किसानले शनिबार टीकापुर नगरपालिकाको कार्यालय परिसरभित्र छाडा पशुचौपाया हुलेका छन् ।
निर्वाचनताका छाडा पशुचौपाया समस्या तत्काल समाधान गर्ने जनतासमक्ष प्रतिवद्धता व्यक्त गरिए पनि छ महिनासम्म पनि कुनै चासो नलिएका कारण कार्यालय परिसरमा हुल्नु वरेको स्थानीयले जनाएा छन् ।
स्थानीय लालबहादुर साउँदले नगरपालिकामा निर्वाचित भएको ६ महिना वितिसक्दा पनि छाडा पशु चौपाया नियन्त्रणका लागि कुनै चासो नदेखाएकाले दबाव सिर्जना गर्न कायाएलय परिसरमा गाईगोरु छोडिएको बताए ।
उनले स्थानीय जनताले छाडा पशुचौपाया नियन्त्रणका लागि बारम्बार नगरपालिकामा आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको बताए ।
स्थानीयले नगरपालिका भित्र छाडा रुपमा रहेका तीन सय बढी गाईगोरुलाई नगरपालिकाको कार्यालय परिसरमा हुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार