१ जेष्ठ २०८१, मंगलवार

अत्याधिक चिसोका कारण जनजीवन प्रभावित



धनगढी । केही दिनदेखिको अत्याधिक जाडोका कारण कैलाली, कञ्चनपुर लगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ । एक सातादेखि कैलाली लगायतका जिल्लामा चिसो बढेको छ । कैलालीमा एक सातादेखि लगातार बाक्लो कुहिरो र शीतलहर जारी छ ।
अत्याधिक चिसोका कारण विरामीको संख्यामा पनि बृद्धि भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले अझैं तीनचार दिन चिसो बढ्ने जनाएको छ ।
पुस महिनाको मध्यदेखि न्युनतम र अधिकतम तापक्रमको अन्तर कम भएकोले चिसो बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार