१ जेष्ठ २०८१, मंगलवार

फूलवारी महोत्सवको तयारी तीब्र



फूलबारी । न्यू बुद्ध स्पोर्ट्स क्लव फूलबारीको आयोजनामा आगामी २९ गते देखि सञ्चालन हुने फूलबारी महोत्सवको तयारी तीब्र बनाइएको छ ।
क्लवका अध्यक्ष महेश गोले तामाङका अनुसार महोत्सवको ६० प्रतिशत काम पुरा भइसकेको छ ।
अध्यक्ष गोले तामाङले महोत्सवमा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम, साहित्यिक कार्यक्रम, नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती, रानाथारु समुदायको परिकार, रमाईलो मेला राखिने बताए । उनले यस पटक महोत्सवमा हिमाली जिल्लाका भेडा तथा च्यांग्राको जुधाई समेत राखिएको बताए ।
महोत्सवमा एक सय व्यावसायिक स्टल रहने छन् । अध्यक्ष गोले तामाङले शनिबारसम्म ५५ स्टल बुक भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार