१ जेष्ठ २०८१, मंगलवार

माघी महोत्सव हुँदै



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँस्थित थारू संग्रहालयमा माघी महोत्सव हुने भएको छ ।
माघी महोत्सव–२०७४ मूल आयोजक समितिको आयोजनामा आगामी माघ ८, ९ र १० गते महोत्सव हुने आयोजकले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी थारू समुदायको भेषभूषा, कला, संस्कृति र पहिचानको संरक्षणमा सघाउ पुर्‍याउन महोत्सवको आयोजना गरिने महोत्सव मूल समिति संयोजक जनक चौधरीले बताए ।
उनले महोत्सवको मुख्य आकर्षक पुरानो थारू घर, थारू कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरूको प्रदर्शनी रहने बताए ।
साविकको श्रीपुर गाविसमा पाँच वर्षदेखि प्रत्येक वडामा पालैपालो माघी मिलन कार्यक्रम आयोजना हुँदै आएको थियो । यस वर्ष महोत्सव आयोजना गरिएको संयोजक जनकले बताए ।
महोत्सव तयारीका लागि आर्थिक, प्रचारप्रसार, व्यवस्थापन र यूवा परिचालन समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक हरि चौधरीले महोत्सवको बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार