१ जेष्ठ २०८१, मंगलवार

जोशीपुर सांस्कृतिक महोत्सव शुरु



जोशीपुर । कैलालीको जोशीपुरमा बिहीबारदेखि जोशीपुर सांस्कृतिक महोत्सव २०७४ शुरु भएको छ । ‘कला, संस्कृति, पर्यटन व्यापार, कृषि उद्योग विकासको लागि सम्भावनाहरूको खोज गरौ’ भन्ने नाराका साथ शुरु भएको महोत्सवको प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सभा सदस्य डाकटर रावलले आर्थिक समृद्धिका लागि सबै जातजाती तथा समुदायबीच एकता आवश्यक रहेको बताए ।
प्रदेश सभा सदस्य रावलले रानी जमरा कुलरिया सिचाईं आयोजनाको दोस्रो चरणमा पथरैया तथा काडा नदीको तटबन्ध हुने बताए ।
महोत्सव आगामी २७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । मलवारा टेन्ट व्यावसायी संघको आयोजनामा भएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति, कला संस्कृति सम्बन्धि प्रर्दशनी, रमाइलो मेला रहेका छन् ।
उद्घाटन टेन्ट व्यावसायी संघका अध्यक्ष जनक चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष विरुप्रसाद चौधरी, जंगबहादुर चौधरी, किशोर कठरिया, दिब्या प्रयासी, प्रेम चौधरी, मदनराज ओझा, वडाध्यक्ष विधिराम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन हरेन्द्र चौधरीले गरेका थिए भने तेजराम चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार