१ जेष्ठ २०८१, मंगलवार

वादी परिवारलाई न्यानो कम्मल



लम्की । पुसको कठ्याग्रिने जाडोमा तातो कम्मल पाउँदा लम्कीचुहा नगरपालिका–३, बल्चौरका जगतबहादुर वादी खुसी भएका छन् ।
जाडोले बालबच्चा सुत्न सकेका थिएनन् अब केही सजिलो हुन्छ होला बिहीबार नेपाल प्रहरी श्रीमती संघबाट न्यानो कम्मल पाएर खुसी हुँदै उनले भने अब बच्चालाई हिउँदो जाडोबाट बचाउन मद्दत पुग्ने भो ।
नेपाल प्रहरी श्रीमती संघ सात नम्बर प्रदेशले बल्चौरका एक सय ६२ वादी समूदायका परिवारलाई न्यानो कम्मल वितरण गरेको थियो । संघकी अध्यक्ष तारा नेपाल लगायतले वादी समूदायदलाई कम्मल वितरण गरेका थिए । कम्मल पाउँदा स–साना बालबालिका समेत निक्कै खुसी देखिएका थिए ।
हामीले सबैभन्दा कमजोर अवस्था भएको समुदाय खोज्दै थियौ त्यसक्रममा बल्चौरका वादी समुदाय फेला परे कार्यक्रमका प्रमुख अथिति तथा अतिरिक्त प्रहरी महानिरिक्षक माधवप्रसाद नेपालले भने प्रहरीले विपन्नलाई जहिले पनि केही न केही गरिरहनुपर्छ भन्ने मान्यता राख्छ ।
स्थानीय समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेले स्वागत मन्तव्य दिएका थिए ।
बल्चौरमा सुदूर तथा मध्यपश्चिमका विभिन्न ठाउँबाट आएका वादी समुदायको बसोबास छ । पूर्वपश्चिम राजमार्गको किनारामा बसेका वादी समुदायलाई लुगा कपडा, खान बस्नको अभाव र समस्या रहेको समाचार स्थानीय र राष्ट्रिय सञ्चारमाध्याममा प्रकाशन/ प्रसारण भइरहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार