११ श्रावण २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र आज धनगढी आउँदै



धनगढी । पुर्वराजा ज्ञानेन्द्र शाह आज धनगढी आउदैछन् । उनको निजी सचिवालयका अनुसार पुर्वराजा ज्ञानेन्द्रले धनगढीको उत्तरबेहडीमा रहेको शिवपुरी धाम तथा एक सय आठ फिट अग्लो उत्तररामेश्वरम् ज्योर्तिलिङ्गको सपरिवार दर्शन गर्ने कार्यक्रम रहेको छ ।
नेपालगञ्जमा निर्माण भईरहेको सोल्टी होटल प्रालिको उद्घाटनका लागि पुर्वराजा एक सातादेखि सपरिवार नेपालगञ्जमा छन् ।
पुर्वराजाको स्वागतका लागि धनगढीमा राजावादीहरूले कैंया चौधरीको संयोजकत्वमा एक सय एक सदस्यीय मुल स्वागत समिति गठन गरेको जनाइएको छ ।
पुर्वराजासँगै पुर्व रानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको मुल स्वागत समितिले जनाएको छ ।
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पूर्व राजा ज्ञानेन्द्रको कैलाली भ्रमणको तालिका भने अझै बनिनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार