६ कार्तिक २०८१, मंगलवार

ह्याण्डवलका खेलाडीको विदाई



धनगढी । साप च्याम्पीयनसीप अन्तर्गत पुस १९ गतेदेखि २२ गतेसम्म पोखरामा हुने राष्ट्रिय ह्याण्डवल खेल्न जाने टोलीको विदाई गरिएको छ ।
१८ औं महिला तथा ९ औं पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागी हुने पुरुष र महिला टोलीको एक कार्यक्रम गरी आज धनगढीमा विदाई गरिएको हो ।
कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह लगायतका खेल पदाधिकारीहरुले दुवै टोलीको विदाई गर्दै जितको शुभकामना दिए । विदाई कार्यक्रममा ह्याण्डवलका वरिष्ठ प्रशिक्षक रामेश्वर श्रेष्ठ, संघका पुर्व केन्द्रिय सदस्य कुवेरजित साउँद, क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्ल, कैलाली जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख टोपवहादुर विष्ट ह्याण्डवलका रेफ्री विदेश चौधरी लगायतले टोलीको विदाई गरेको कैलाली जिल्ला ह्याण्डवल संघका अध्यक्ष दिपक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार