२९ बैशाख २०८१, शनिबार

पाँचौ राष्ट्रिय टोपी दिवस मनाइयो



धनगढी । कैलाली सहित देशभरी सोमबार पाँचौ राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
‘नेपालीको टोपी, नेपालीको सान, मान र सम्मान’ भन्ने मुल नाराका साथ दिवस मनाइएको छ ।
टोपी दिवसको अवसरमा कैलालीमा युवाहरूको समुह दाह्रीग्याङले प्रभातफेरि आयोजना गरेको थियो ।
नेपाली टोपी र नेपाली झण्डा बोकेर धनगढीको पार्कमोडदेखि चौराहसम्म र्‍यालीको आयोजना गरिएको थियो । दाह्री ग्याङका संयोजक दीपक बोहराले नेपाली टोपीले सबैलाई एकसुत्रमा बाँध्ने बताए ।
पछिल्लो समय लोप हुँदै गएको नेपाली पोशाकको संरक्षण गर्न जनवरी १ का दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरिएको छ । विगतमा नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको यो दिवस यस वर्षदेखि पोसाक दिवसका रुपमा मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार