३० बैशाख २०८१, आईतवार

पत्रकार धामीलाई आर्थिक सहयोग



धनगढी । कैलाली जिल्ला ओम जनजागरण नेपालले अछामका पत्रकार तपेन्द्रबहादुर धामीलाई आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ अछामका सहसचिव धामी केही साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । ओम जनजागरण नेपालले पत्रकार धामीलाई १५ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
ओम जनजागरण नेपालका उपाध्यक्ष देवीलाल जोशी र टीकापुर संयोजक छत्रबहादुर धामीले पत्रकार धामीलाई सहयोग हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार