२९ बैशाख २०८१, शनिबार

शुभश्री प्यालेस ब्याटमिन्टन हुँदै



धनगढी । कैलालीको धनगढीमा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा हुन लागेको प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
विभिन्न तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ । भेट्रान र १७ वर्ष मुनिका छात्र र छात्रा गरी तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नका लागि कैलाली जिल्ला व्याटमिन्टन संघले सहयोग गर्ने व्याटमिन्टन प्रशिक्षक मेघराज कठायतले जानकारी दिए ।
भेट्रान तर्फ ३५ वर्षभन्दा माथिका खेलाडीहरूले भाग लिन पाउनेछन । भेट्रान तर्फ प्रथम हुनेले नगद ५१ हजार द्धितीय हुनेले नगद २५ हजार र तृतीय हुने दुई जनाले नगद १०/१० हजार पुरस्कार पाउनेछन ।
यस्तै १७ वर्ष मुनिको छात्र र छात्रा तर्फ पनि प्रथमलाई नगद पाँच हजार एक सय, द्धितीयलाई दुई हजार पाँच सय र तृतीय हुने दुई जनालाई एक/एक हजार नगद पुरस्कार दिइने प्रतियोगिताका संयोजक रोशन सिंहले जानकारी दिए ।
भेट्रान तर्फ ९६ हजार, १७ वर्ष मुनिको छात्र तर्फ नौ हजार छ सय र १७ वर्ष मुनिको छात्रा तर्फ नौ हजार छ सय गरी एक लाख १५ हजार दुई सय रुपैयाँ नगद पुरस्कार दिइने संयोजक सिंहले वताए ।
भेट्रान तर्फका खेलाडीहरूवाट रेजिष्ट्रेशन शुल्क लिने र १७ वर्ष मुनिका खेलाडीहरूलाई नि:शुल्क रूपमा प्रतियोगिता खेल्ने व्यवस्था मिलाइएको छ । उमेर समूहका खेलाडीहरूका लागि आवास र खानाको पनि व्यवस्था आयोजकले नै मिलाउने भएको छ । प्रतियोगितालाई अब बर्सेनि आयोजना गर्ने र पुरस्कार राशि पनि बढाउँदै लैजाने शुभश्री प्यालेसका सञ्चालक कवीन्द्र पन्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार