२९ बैशाख २०८१, शनिबार

लक्षित समुदायको श्रोतसाधनमा पहुँच विषयक अन्तक्रिया



टीकापुर । फाया नेपालको आयोजनामा स्थानिय श्रोत साधन र सेवा सुविधामा लक्षित समुदायको पहुँच विषयक अन्तक्रिया कार्यक्रम आज शनिवार टिकापुरमा सम्पन्न भएको छ ।
युरोपियन युनियन र ड्यान चर्च एडको साझेदारीमा फाया नेपालद्धारा संचालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्र्तगत आयोजित उक्त कार्यक्रम सिमान्तकृत समुदायको स्थायिन श्रोत साधन ,सेवा सुविधा र लक्षित कार्यक्रममा पहुँच प्रतिनिधित्व गराई खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले स्थानिय श्रोत साधन सेवा सुविधा र लक्षित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र सिमान्तकृत समुदायको खाद्य सुरक्षाका कृषि र खाद्य सुरक्षा लक्षित बजेट तथा कार्यक्रममा वृद्धि गरिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सिमान्तकृत समुदायको श्रोतसाधनमा पहुँच र प्रतिनिधित्व विषयमा फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैकाले सहजीकराण गर्नुभएको थियो ।
कार्यक्रममा टिकापुर नगरपालिकाका उप प्रमुख केशरी विष्ट,नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद आचार्य,टिकापुर नगरपालिका वडा नं १ का अध्यक्ष गंगाराम आचार्य,वडा नं का अध्यक्ष प्रकाश वहादुर बुढाथोकी,वडा नं ४ का अध्यक्ष लालविर चौधरी वडा नं ५ का अध्यक्ष रामशंकर थारु,पशु सेवा केन्द्रका प्रमुख हरिराम चौधरी,जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति धनराज शाही,खाद्य अधिकार अगुवा कल्पना ढकाल लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम टिकापुर किसान महासंघको अध्यक्ष नरेश रावलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सामाजिक परिचालन सहजकर्ता शेखर पोखरेलले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार