२९ बैशाख २०८१, शनिबार

स्थलगत अवलोकन तथा बैठक



भजनी । फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको स्थलगत अवलोकन बैठक शुक्रबार भजनीमा भएको छ ।
भजनी नगरपालिकाको खैलाड भुरुवामा खाद्य सुरक्षा सुशासन परियोजना र लोपोन्मुख राजी समुदायको जीविकोपार्जन र पोषण सुरक्षाका लागि कुखुुरा उपहार कार्यक्रमको स्थलगत अवलोकन गरिएको थियो ।
सो अवसरमा राजी समुदायका एक सय ६० घरधुरीको कुखुरापालन अवलोकन तथा कृषकहरूसंग छलफल गरिएको थियो । सो स्थानमा राजी समुदायका एक सय ६० घरधुरीले एक हजार छ सय कुखुरापालन गरिरहेका छन् ।
त्यस्तै, शुक्रबार नै भजनीमा परियोजनाको जिल्ला सल्लाहकार समितिको बैठक पनि भएको छ ।
बैठकमा संस्थाका कार्यक्रम अधिकृत राजेन्द्र रैकाले सन् २०१७ मा क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना र भजनी नगरपालिकाको खैलाड भुरुवामा राजी समुदायको जीविकोपार्जन र पोषण सुरक्षाका लागि कुखुुरा उपहार कार्यक्रमको उपलब्धी प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी, उपप्रमुख छाया देवकोटा, जिल्ला पशुसेवा कार्यलय प्रमुख वसन्तबहादुर सिंह, महिला तथा बालबालिका कार्यालय प्रमुख सन्ध्या राजेश्वरी सिंह, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशबिक्रम शाह, गैरसरकारी संस्था महासंघका अध्यक्ष हेमकर्ण विक, पशुसेवा केन्द्र भजनीका प्रमुख रामबहादुर सार्की, कृषि सेवा केन्द्रका प्राविधिक मैया चौधरी, पत्रकार गणेश चौधरी, फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेत, संस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठक, नीति तथा साझेदार संयोजक धनपति ढुंगेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बैठक जिल्ला समन्वय समिति कैलालीका सदस्य ललित साउँदको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार