३० बैशाख २०८१, आईतवार

सामुदायिक वनका अध्यक्षसहित दुई पक्राउ



बौनिया । कैलालीको वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियाबाट काठ तस्करमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष सहित दुईजना पक्राउ परेका छन् ।
ईलाका वन कार्यालय साडेपानीले काठ तस्करीमा संलग्न भएको आरोपमा पुरैना सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष मानबहादुर टमट्टा र गोपालसिंह कयललाई पक्राउ गरेको जनाएको छ ।
ईलाका वन कार्यालय साडेपानीबाट खटिएको टोलीले ३९ क्युव फिट हरियो सालको दुई गोलिया काठ पनि बरामद गरेको जनाएको छ ।
जमिनमुनी गाडेर लुकाईछिपाई राखिएको अवस्थामा सो काठ वरामद गरिएको ईलाका वन कार्यालय साडेपानीका प्रमुख चन्द्रकान्त्त मिश्रले बताए ।
बरामद गरिएको सो काठ इलाका वन कार्यालयमा राखिएको छ भने काठ तस्करीमा संलग्न टमट्टा सहित दुवै जनालाई जिल्ला वन कार्यालय चलान गरिने वन अधिकृत मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार