२९ बैशाख २०८१, शनिबार

गौरीगंगा कप ब्याडमिन्टन प्रतियोगिता शुरु



सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा बुधबारबाट प्रथम गौरीगंगा कप नकआउट ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
गौरीगंगा युवा क्लवको आयोजनामा भइरहेको प्रतियोगीतामा टीकापुर, धनगढी, घोडाघोडी, कैलारी, चौमाला, अत्तरिया र गौरीगंगा नगरपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको एक समारोहबीच मुख्य प्रायोजक रोहन इन्टरप्राइजेजका सञ्चालक कमल जोशीले उद्घाटन गरे । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा टीकापुर युवा क्लवका तपेन्द्र कुँवर र नैनसिंह केसीको जोडीले कैलारी गाउँपालिकाका ज्ञानु चौधरी र बैजनाथ चौधरीको जोडीमाथि ले २१/८, २१/८ को सोझो सेटले विजय प्राप्त गर्‍यो ।
त्यस्तै, दोस्रो खेलमा नेपाल टेलिकम धनगढीका भरत सापकोटा र सुरेन्द्र कार्कीको जोडीले २१/१७, २१/१३ ले टेलिकम कै मानसिंह राना र छेदुलाल चौधरीको जोडीलाई पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार