११ आश्विन २०७९, मंगलवार

उत्कृष्ट युवा पुरस्कार पत्रकार मरहठ्ठालाई



धनगढी । नेपाल जेसीजले यस यस वर्षको उत्कृष्ट युवा पुरस्कार पत्रकार किरण मरहठ्ठालाई प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान दिएका एक जना पत्रकारलाइ हरेक वर्ष यो पुरस्कार प्रदान गरिन्छ ।
जेसिजको भैरहवामा सम्पन्न राष्ट्रिय सम्मेलन समारोहमा टेलिभिजन पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत मरहठ्ठालाई पुरस्कृत गरिएको हो । अमेरिकामा रहेका कारण उनी पुरस्कार लिन भने आउन सकेनन् । किरण एक लोकप्रीय टेलिभिजनकर्मी तथा लेखक र डकुमेन्ट्रि निर्देशक पनि हुन् । एबिसि टेलीभिजनका सफल प्रस्तोता मरहठ्ठा, द हफ पोष्ट, खसोखास साप्ताहिक, नेपाल ब्रिटेन डटकम लगायतका मिडियामा पनि आवद्ध छन् ।
जेसी लालमणि पन्तको संयोजकत्वमा वरिष्ठ पत्रकारहरू समेत सम्मिलित उत्कृष्ट युवा पुरस्कार छनोट समितिले टेलिभिजन कार्यक्रम निर्माण तथा प्रस्तुतिकरण र रिपोटिगंमा उनले दिएको उत्कृष्ट योगदानको कदर गर्दै मरहठ्ठालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
मरहठ्ठाले द होप नामक सफल पुस्तकका लेखक मरहठ्ठाले मेसी द म्यान एट बार्सा नामक बहुचर्चित अन्तर्राष्ट्रिय डकुमेन्टि पनि निर्देशन गरेका छन् ।
बुटवल एफएमबाट पत्रकारिता आरम्भ गरेका उनले नेपाल टेलिभिजन, रिपब्लिका मासिक, पारदर्शी खबर, गोरखा एफएम लगायतका मिडियामा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्