६ कार्तिक २०८१, मंगलवार

आज क्रिसमस–डे



धनगढी । आज ईसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस–डे । पछिल्लो समय विश्वभरी लोकप्रिय हुँदै आएको यो पर्व नेपालमा पनि मनाईन लागेको छ ।
इशाई धर्मावलम्बीले उक्त धर्मका संस्थापक जिसस क्राइस्टको जन्मदिनका रूपमा क्रिसमस–डेलाई मनाउने गर्छन् । क्रिसमसको चहलपहल कैलालीमा पनि बढेको छ । आज कैलालीमा रहेका चर्चहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिदै छ । विहान ईसाई धर्मावलम्बीहरूले पूजाअर्चना गर्ने र दिनभरी विभिन्न कार्यक्रमहरू गर्ने प्रचलन रहेको छ ।
क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले चर्च पूरै क्रिसमसमय भएको छ ।
उपहार भनेपछि सम्मान र स्नेहले जे दिए पनि हुन्छ भन्ने मानिन्छ, फेरि पनि विशेष अवसरका लागि विशेष उपहार दिने चलन हिजोआज बढेको छ । क्रिसमसका बेला विभिन्न उपहार आदान–प्रदान गर्नका लागि बढी फेल्ट, मेटल, ग्लास लगायत सामान बढी प्रयोग हुने गरेको छ ।
इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिनाअघि सरकारले क्रिसमस तथा पृथ्वीनारायण जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत वर्ष क्रिसमसमा इसाई धमावलम्बीहरूलाई मात्र सार्वजनिक बिदा दिइएको थियो ।

पुस १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार