६ कार्तिक २०८१, मंगलवार

क्यान महासंघ ७ नम्बरको संयोजकमा पनेरू




काठमाडौं । काठमाडौंमा आज सम्पन्न क्यान महासंघको २४ औं वार्षिक साधारणसभाबाट कर्णराज पनेरू क्यान महासंघको ७ नम्बर प्रदेशको संयोजक चुनिएको छ ।
क्यान कैलालीका निवर्तमान अध्यक्ष समेत रहेका पनेरू निर्विरोधरूपमा ७ नम्बर प्रदेशको संयोजक भएका हुन । पनेरू वर्ल्डलिंक कम्यूनिकेशन प्रालि सुदूपश्चिमका प्रबन्धक पनि हुन ।
यस्तै गरेर साधारणसभाबाट क्यान कैलालीका पूर्व अध्यक्ष हर्कबहादुर सेट्टी केन्द्रीय सदस्य छानिएका छन् । साधारणसभाले क्यानको केन्द्रीय नेतृत्व पनि निर्विरोध निर्वाचित गरेको छ । केन्द्रीय अध्यक्षमा हेमन्त चौरसिया छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार