६ कार्तिक २०८१, मंगलवार

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा



धनगढी । आगामी १२ देखि धनगढीमा आयोजना हुन लागेको आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो (युजेनकाई) संघले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा छ देशका छ सय महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने जानकारी दिए ।
प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र भुटानका खेलाडीहरूको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुरस्कार २१ हजार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार