१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगरसहित सातजना पक्राउ



टीकापुर । कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयले ठूलो परिमाणमा ब्राउन सुगरसहित सात जना पक्राउ गरेको छ ।
४६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्नेमा कैलालीको टीकापुरका खगेन्द्रराज गिरी र वीरबहादुर चौधरी, धनगढीका उदय थापा, काठमाडौंका सन्तोष शाही, कर्मा शेर्पा, दीपेश स्याङ्बो तामाङ र नविन लामा (तामाङ) रहेका छन् ।
ब्राउन सुगर टीकापुरबाट काठमाडौं पठाउँदै गर्दा टीकापुरको खडग चोकको बस पर्कबाट खलासीको हातबाट पार्सपोट हो पारसल भन्दै काठमाडौं लैजाने क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालयका डिएसपी टीकाबहादुर कार्कीले बताए ।
भारतको तिकुनियाबाट ल्याएको ब्रराउन सुगरसँगै पक्राउ परेकालाई ओसारप्रसार, बेचबिखन र सेवन लागूऔषध विरुद्धको कारवही चलाउने इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पुष्कर चन्द बताए ।
साउनदेखि पुससम्म लागूऔषध सहित २१ जना पक्राउ परेको र नाइटोभेट ३५३ ट्याबलेट, स्पास्मो ३४ थान र चरेश ७.३ ग्राम पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार