११ श्रावण २०८१, शुक्रबार

परियोजनाबारे छलफल



धनगढी । नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासबाट जोखिमपूर्ण समूदायको पूर्व तयारी स्थिति निर्माण परियोजनाबारे बुधबार धनगढीमा छलफल भएको छ ।
सो अवसरमा फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले परियोजना ज्येष्ठ नागरिक लक्षित भएको जानकारी दिएका थिए ।
सन् २०१७ बाट शुरु भएको जेष्ठ नागरिक लक्षित वर्ग कार्यक्रम कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्वर १०, १५, १६, र १७ तथा गोदावरी नगरपालिकाका वडा नम्वर १ र १० का साथै गौरीगंगा नगरपालिकाका वडा नम्वर १ र ७ मा लागू भएको कार्यक्रम निर्देशक पाठकले बताए ।
उनले ज्येष्ठ नागरिकलाई प्रकोपबाट सुरक्षित बनाउन अग्नी सुरक्षा र तयारी सम्वन्धी तालिम, खोजी कार्य पूर्व सूचना पद्धति, प्रकोप जोखिम कोष निर्माण कार्यकक लगायतका क्रियाक्लाप सञ्चालन भइरहेका बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ज्येष्ठ नागरिकका लागि सञ्चालन भएको कार्यक्रम लाई दिगोपन दिने प्रयास गरिने बताए ।
फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरकारी र गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार