१२ श्रावण २०८१, शनिबार

फारवेष्ट पशुपति कप : एपिएफ अत्तरिया फाइनलमा प्रवेश



धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा एपिएफ अत्तरिया फाइनलमा प्रवेश गरेको छ ।
धनगढी क्षेत्रीय रंगशालमा भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ स्पोटर््स क्लवलाई हराएर फाइनलमा प्रवेश गर्‍यो ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक पहिलो सेमिफाईनलमा एपिएफले कपको बलियो प्रतिद्वन्द्वी मानिएको सुदूरपश्चिम–११ स्पोटर््स क्लवलाई १–० ले पराजित गर्‍यो । एपिएफका मणिराम चौधरीले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको २६ औं मिनेटमा डिवक्स भित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गरेको प्रहारमा वारमा लागेर गोलमा परिणत भएको हो ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लवले दोस्रो हाफमा गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
दोस्रो हाफको अन्त्यतिर वान भर्सेस वान, डिवक्स नजिकैका प्रहारलाई सुदूरपश्चिम ११ स्पोर्टस क्लवका खेलाडीहरूले सदुपयोग गर्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपिएफका विश्व अधिकारी म्यान अफ द म्याच भए ।
मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो सेमिफाईनल आज (बिहीबार) आयोजक फारवेष्ट पशुपति युवा क्लव र न्यु वुद्ध युवा क्लव फूलबारीबीच हुने छ ।
पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार