१६ बैशाख २०८१, आईतवार

धनगढी जेसिजको ३५ औं अधिवेशन



धनगढी । धनगढी जेसिजको ३५ औं अधिवेशन शनिबार धनगढीमा भएको छ ।
अधिवेशनको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले एक समारोहबीच उद्घाटन गरे । कार्यक्रम धनगढी जेसिजका निवर्तमान अध्यक्ष टेकराज पनेरुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जेसिज राष्ट्रिय उपाध्यक्ष एंव लेडि जेसिजकी संस्थापक अध्यक्ष संगिता खडका, धनगढी जेसिजका पुर्व अध्यक्ष गजेन्द्र चन्द, कृष्ण बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष यज्ञराज ओझाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार