१६ बैशाख २०८१, आईतवार

सुरक्षित आप्रवासनबारे अभिमुखीकरण



धनगढी । आप्रवासन सप्ताह मनाउने क्रममा उच्चमाविका विद्यार्थी र म्यादी प्रहरीलाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
शुक्रबार राष्ट्रिय मावि सुख्खड र विहीबार जनता मावि चौरीपुर लम्कीका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा नेपालबाट बैदेशिक रोजगारमा जानेको अवस्था, सुरक्षाका उपाय र सुरक्षित आप्रवासन परियोजनाले दिने सेवाका विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको छ । कार्यक्रममा विद्यालयका दुई सय ५० जना विद्यार्थीहरू सहभागी थिए ।
यसैगरी इलाका प्रहरी कार्यालय सुखड र लम्कीमा कार्यरत २ सय ५० जना म्यादी प्रहरीलाई पनि अभिमुखीकरण गराइएको छ ।
सहभागी मध्ये १३ जना विदेशबाट फर्के, ५४ जना पासपोर्ट बनाएर विदेश जाने तयारीमा रहेका र ६७ जना परिवारका सदस्य बैदेशिक रोजगारमा रहका थिए ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा संचालित सुरक्षित आप्रवासन कार्यक्रममा संयोजक एकिन्द्र तिमिल्सिना, कार्यक्रम अधिकृत कृष्णबहादुर विक, सामाजिक परिचालक मुकेश चौधरी र शान्ति भाटले सहजीकरण गरेका थिए ।

छात्रवृतिका लागि ३५ जनाको आवेदन
नेपाल सरकार श्रम मन्त्रालय, बैदेशिक रोजगार प्रवद्र्धन वोर्डले दिने छात्रवृतिका लागि यस वर्ष ३५ जनाको आवेदन परेको छ ।
वोर्डले बैदेशिक रोजगारका क्रममा मृत्यू भएका, कामको सिलसिलामा घाइते अपांग भई अशक्त भएका व्यक्तिका सन्तानलाई छात्रवृति दिदै आएको छ । बोर्डले आधारभूत तहका विद्यार्थीलाई वार्षिक ८ हजार र मावि तहका विद्यार्थीलाई वार्षिक १० हजार रुपैया छात्रवृति दिदै आएको छ ।
यस वर्ष संकलित आवेदन सुरक्षित आप्रवासन कार्याक्रमका अधिकृत कृष्ण विकले जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहलाई बुझाएका छन् । जिल्ला शिक्षा अधिकारी र्सिहले प्राप्त आवेदनलाई सिफारिस गरी प्रवद्र्धन वोर्डमा पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार