१२ श्रावण २०८१, शनिबार

समानुपातिकतर्फको मत गणना : कैलालीसहितका केही जिल्लाको अन्तिम मत परिणाम घोषणा



धनगढी । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको अन्तिम मतपरिणाम शुक्रबार घोषणा भएको छ ।
मतपरिणामअनुसार कैलालीमा काँग्रेस अग्रस्थानमा रहेको छ । नेपाली काँग्रेसले प्रतिनिधी सभातर्फ ८७ हजार दुई सय १६ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ७० हजार १३, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४७ हजार ४९ मत र राष्ट्रिय जनता पार्टीले ३८ हजार छ सय ४८ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ ।
त्यस्तै, छ हजार ३२ मत प्राप्त गरी विवेकशिल साझा पार्टी पाँचौ स्थानमा रहेको छ भने डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले पाँच हजार सात सय ८५ मत ल्याएर छैठौं स्थानमा रहेको छ । गाई चुनाव चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सातौं स्थानमा रहेको छ । सो पार्टीले चार हजार ६५ मत प्राप्त गरेको छ ।
त्यस्तै, प्रदेश सभातर्फ नेपाली काँग्रेसले ७९ हजार सात सय ७५ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।
नेकपा एमालेले ६२ हजार पाँच सय ३९ मतसहित दोस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले ४५ हजार सात सय ५१ र राष्ट्रिय जनता पार्टीले ३५ हजार तीन सय ९५ मत प्राप्त गरेको छ । प्रतिनिधि सभामा छैठौं स्थानमा रहेको डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी प्रदेश सभामा पाँचौ स्थानमा रहेको छ भने प्रतिनिधी सभामा पाँचौ स्थानमा रहेको विवेकशील साझा पार्टी प्रदेश सभामा छैठौं स्थानमा रहेको छ । प्रदेश सभामा नयाँ शक्ति पार्टीले छ हजार पाँच सय सात र विवेकशील साझा पार्टीले पाँच हजार छ सय ६८ मत प्राप्त गरेको छ । यस्तै, गाई चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार ६४ मत प्राप्त गरेको छ ।
कञ्चनपुरको पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । प्रतिनिधी सभातर्फ काँग्रेसले ६० हजार ६७, नेकपा एमालेले ५५ हजार ९२, नेकपा माओवादी केन्द्रले ३३ हजार छ सय ६५, गाई चुनाव चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार पाँच सय ६ र विवेकशील साझा पार्टीले दुई हजार चार सय ६१ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रदेश सभातर्फ नेपाली काँग्रेसले ५५ हजार एक सय ६८, नेकपा एमालेले ४९ हजार तीन सय ८१, नेकपा माओवादी केन्द्रले ३४ हजार तीन सय ७९, गाई चुनाव चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार एक सय ३५, विवेकशील साझा पार्टीले एक हजार आठ सय ७३ मत प्राप्त गरेको छ ।
अछामको अन्तिम समानुपातिक मतपरिणाममा नेकपा एमाले अगाडि रहेको छ । प्रतिनिधी सभातर्फ एमालेले ३४ हजार चार सय ७१, नेपाली काँग्रेसले ३३ हजार ७३, नेकपा माओवादी केन्द्रले १० हजार छ सय ९१, गाई चुनाव चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ४१ मत प्राप्त गरेको छ । प्रदेश सभातर्फ क्रमश: ३१ हजार दुई सय १४, २९ हजार दुई ६६, १२ हजार तीन सय १३, एक हजार छ सय ९० मत प्राप्त गरेको छ ।
७ नम्बर प्रदेशका सबै जिल्लाबाट समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार