१२ श्रावण २०८१, शनिबार

समानुपातिक तर्फको मतगणना जारी



धनगढी । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।
प्रदेश नम्बर ७ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले अग्रता जारी राखेको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा पनि नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।
राष्ट्रिय रूपमा भने समानुपातिकमा पनि नेकपा (एमाले)को अग्रता जारी रहेको छ ।
निर्वाचन आयोगको वेवसाइटमा बुधबार राति साढे नौ बजेसम्मको तथ्यांकअनुसार कैलालीमा नेपाली काँग्रेसले समानुपातिकतर्फ २५ हजार दुई सय ४६ मत प्राप्त गरेको छ ।
त्यस्तै, एमालेले २४ हजार आठ सय ९९, नेकपा माओवादी केन्द्रले १४ हजार तीन सय ७० र राष्ट्रिय जनता पार्टी नेपालले चार हजार आठ सय ९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, विवेकशील साझा पार्टीले एक हजार सात सय पाँच, नयाँशक्ति पार्टी नेपालले एक हजार पाँच सय पाँच र राप्रपा प्रजातान्त्रिकले एक हजार एक सय ३२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, प्रदेश सभा सदस्यको समानुपातिकतर्फ भने एमालेले करिब तीन सय मतले अग्रता लिएको छ ।
प्रदेश नम्बर ७ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । बुधबार रातिसम्मको मतगणना नतिजाअनुसार काँग्रेसले एक लाख ८८ हजार दुई सय २६ मत प्राप्त गरेको छ ।
त्यस्तै, एमालेले एक हजार ७३ हजार एक सय ४७ हजार मत प्राप्त गरेको छ ।
डोटीमा ३२ हजार दुई सय मतगणना हुँदा नेपाली काँग्रेस अगाडि रहेको छ । नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ १२ हजार दुई सय २७ र प्रदेश सभातर्फ ११ हजार दुई सय ९८ मत प्राप्त गरेको छ । नेकपा एमालले प्रतिनिधि सभातर्फ ११ हजार सात सय ७८ र प्रदेश सभातर्फ नौ हजार चार सय १९ मत प्राप्त गरेको छ ।
माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ तीन हजार एक सय एक र प्रदेश सभातर्फ चार हजार चार सय ८२ मत प्राप्त गरेको छ । डोटीमा चौथौं स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभातर्फ आठ सय २१ र प्रदेश सभातर्फ एक हजार ४९ मत प्राप्त गरेको छ ।
कञ्चनपुरमा ३६ हजार ३५ मतगणना हुँदा नेपाली काँग्रेस अगाडि रहेको छ । नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ १२ हजार एक सय एक र प्रदेश सभातर्फ १० हजार नौ सय पाँच मत प्राप्त गरी अग्रस्थानमा रहेको छ । नेकपा एमालले प्रतिनिधि सभातर्फ १२ हजार ६३ र प्रदेश सभातर्फ नौ हजार सात सय ९२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पाँच हजार चार सय ६१ र प्रदेश सभातर्फ छ हजार दुई सय ४५ मत प्राप्त गरेको छ ।
गाई चिन्ह रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभातर्फ आठ सय दुई र प्रदेश सभातर्फ एक हजार एक सय ७९ मत प्राप्त गरी चौथौं स्थानमा रहेको छ । पाँचौ स्थानमा विवेकशिल साझा पार्टी रहेको छ । विवेकशिलले प्रतिनिधि सभातर्फ तीन सय ६५ र प्रदेश सभातर्फ दुई सय ५६ मत प्राप्त गरेको छ ।
नौ जिल्ला रहेको प्रदेश ७ मा प्रतिनिधिसभामा १६ र प्रदेशसभा प्रत्यक्षतर्फ ३२ सिट छ । प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ गरी ५३ सदस्यीय प्रदेशसभा हुनेछ ।
प्रदेश सभाको गठन सम्बन्धी संविधानको धारा १ सय ७६ को उपधारा १ को खण्ड ‘क’ मा प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्या प्रदेशसभामा पनि प्रत्यक्ष निर्वाचित हुने उल्लेख छ । सोही धाराको खण्ड ‘ख’ मा खण्ड ‘क’ बमोजिम कायम हुन आउने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत सदस्य संख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था रहेको छ । कुनै पनि प्रदेश सभाको कुल सदस्य संख्या तय गर्दा प्रत्येक प्रदेशमा प्रत्येक्ष निर्वाचित कुल सदस्य संख्यालाई तीन भाग मानी बाँकी दुई भाग समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गरिन्छ ।
समानुपातिकतर्फ राष्ट्रिय रूपमा भने एमालेले अग्रता कायम राखेको छ । बुधबार रातिसम्मको मतगणना नतिजाअनुसार एमालेले २३ लाख ९३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।
काँग्रेसले २३ लाख सात हजार छ सय ३१ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले नौ लाख २० हजार ६३ मत प्राप्त गरेको छ ।

मंसिर २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार