६ कार्तिक २०८१, मंगलवार

चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने– सञ्चारमन्त्री



धनगढी । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त पनि गरिने जानकारी दिए ।
यही मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।
मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकलन तथा सम्पेषण गर्न आग्रह गरे ।
फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार