११ आश्विन २०७९, मंगलवार

निर्वाचनमा खटिएका एक कर्मचारी मृत्यु



धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को कालिका प्राथमिक विद्यालय मतदान केन्द्र (ख) मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण सोमबार मृत्यु भएको छ ।
बाजुरा घर भएका उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए ।
मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायलाई सेती अञ्चल अस्पताल धनगढी पुर्‍याउने क्रममा सोमबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्