१२ श्रावण २०८१, शनिबार

लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया



धनगढी । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा सोमबार लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
यूएनडीपी नेपाल/सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम धनगढीको सहयोगमा सशक्त समाजको परिकल्पना (ईजी) नेपालको आयोजनामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका तथा अत्तरिया नगरपालिका सहितका स्थानका महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा युएनडीपीका क्षेत्रीय फिल्ड अधिकृत बैजन्ती गिरी सिंह, सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमका क्षेत्रीय संवाद सल्लाहकार अर्जुन कुमार, एलजीसीडीपीका नरेन्द्रसिंह विष्ट, निर्वाचन सहायता परियोजनाका दिनेश पाठक र कानूनी सहायता समितिका गीता शाहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लैंगिक हिंसाको जिल्लागत तथा राष्ट्रिय स्तरका वस्तुस्थितिलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमा लैगिंक हिंसाको वर्गीकरण, नेपालमा लैगिंक हिंसाको अवस्था, कैलाली जिल्लामा लैगिंक हिंसाको अवस्था, कैलाली जिल्लामा लैङ्गिक हिंसा निवारणको लागि भएका राम्रा अभ्यासहरू, समस्या तथा चुनौतिहरू, सहयोगी संयन्त्रहरू र लैगिंक हिंसा न्यूनीकरणका लागि चाल्नु पर्ने पाइलाबारे उल्लेख छ ।
कार्यक्रमको सहजीकरण महिला पुनस्र्थापना केन्द्रकी सरिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार