१२ श्रावण २०८१, शनिबार

निर्वाचन आचार संहिता उल्लंघन



अत्तरिया । निर्वाचन आचारसंहिता उलंघन गर्दै गोदावरी नगरपालिकामा सोमबार मतदाताको घरघरमा विद्युत पोल वितरणको प्रयास भएको छ ।
गोदावरी नगर प्रमुख मेयर हरिसिंह साउँदले सोमबार साँझ मतदाताको घरघरमा वितरणका लागि पठाएका विजुलीका पोल स्थानीयले नियन्त्रणमा लिएका छन् ।
ना २ ख ८७२६ नम्बरको ट्रक तथा भे १ च २६७९ नम्बरको ट्याक्टरमा १२ वटा विजुलीका पोल वितरणका लागि लग्दै गरेको अवस्थामा स्थानीयले विरोध गर्दै नियन्त्रणमा लिएको काँग्रेसका क्षेत्रीय प्रचारप्रसार प्रवक्ता तेज खड्काले बताए ।
विद्युत पोल बोकेको ट्रक भने उम्किन सफल भएको बताइएको छ । नियन्त्रणमा लिइएको ट्याक्टर र विद्युतका पोल ईलाका प्रहरी कार्यालय अत्तरियामा बुझाइएको खड्काले बताए ।
मौन अवधि शुरु हुनु केही घन्टा पहिले मतदातालाई प्रभावित गर्न विद्युत पोल वितरण प्रयास गरेकोमा स्थानीय विरोध गर्दा एमाले तथा माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरेका थिए । सो क्रममा अत्तरियामा केही बेर तनावको स्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार