११ श्रावण २०८१, शुक्रबार

मतदाता शिक्षसम्बन्धी छलफल कार्यक्रम



धनगढी । स्कोप नेपाल र निर्वाचन आयोग नेपालको संयुक्त आयोजनामा सोमबार धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँस्थित चन्द्रटोलका मतदातालाई मतदाता शिक्षासम्बन्धी कार्यक्रम भएको छ ।
कार्यक्रम मतदतादालाई बढीभन्दा बढी सहभागी गराउने तथा मत बदर संख्या घटाउने उद्देश्यले भएको थियो ।
स्थानीय ५२ जना सहभागिता रहेको कार्यक्रममा ईन्द्रमणि अवस्थीले कार्यक्रमको बारेमा जानकारी गराएको थिए ।
कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई उत्तमसिंह भण्डारी, तीर्थराज अवस्थी, धर्मराज भट्ट, जनकराज अवस्थी, खडकराज ओझालगायतले प्रष्टयाएका थिए ।
यस्तै, स्कोप नेपाल र निर्वाचन आयोगको आयोजनामा आइतबार धनगढीस्थित सुदूरपश्चिम एकेडेमीमा पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार