३ आश्विन २०८१, बिहीबार

चुनावपछि बामपन्थी सरकार बन्छ : पाठक



सुखड । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश्वर पाठकले आसन्न चुनावपछि बामपन्थी सरकार बन्ने भएपछि जनता सुखी भएको बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ३ अन्तर्गत सोमबार सुखडमा आयोजना भएको चुनावी सभामा बोल्दै नेता पाठकले बाम गठबन्धनले देशभर चुनाव जित्ने ठोकुवा गरे । देशभर जित्छौं क्षेत्र नम्बर ३ का उम्मेदवारलाई पनि जिताएर पठाउन उनले आग्रह गरे । हसिया हतौडा बोक्ने हामीहरू अब एउटै कम्यूनिष्ट पार्टी निर्माणमा लागेका छौं त्यसले हामी मात्र जनता पनि उत्साहित छन्, उनले भने ।
नेता पाठकले कम्यूनिष्ट मात्रै परिवर्तनको वहाक भएको चर्चा गरे । उनले प्रजातन्त्र दरवारमा पुगाउने नै कम्यूनिष्ट अधिनायकवादी हुन्छन् भन्नु हाँस्यास्पद भएको बताए । कम्यूनिष्ट एक भएपछि काँग्रेसहरू आत्तिएर ०४८ सालकै जस्ता आरोप लगाउन थालेको आरोप नेता पाठकको थियो ।
मनमोहन अधिकारी, केपी ओली र प्रचण्ड लगायतका नेताहरू छोटो समय प्रधानमन्त्री हुँदा सम्झन लायक काम गरेको चर्चा गर्दे नेता पाठकले बहुमतको सरकारको बनाएपछि सामाजिक, आर्थिक क्षेत्रले फड्को मार्ने दावी गरे ।
बाम गठबन्धनको संयुक्त केन्द्रीय घोषणापत्रले वृद्धभत्ता ५ हजार पुगाउने उल्लेख गरेको छ उनले भने यस्ता धेरै सामाजिक हीत र दायित्वका काम बाम गठबन्धनको सरकार बनेपछि हुन्छन् ।
सो अवसरमा माओवादीका पोलिटब्यूरो सदस्य हरिराम चौधरी उत्सवले समाजका सवै कुरीति र कुसंस्कार बाम सरकार बनेपछि अन्त्य हुने बताए । एमाले नेता हनुमान चौधरी, चुनकुमारी चौधरी र घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी लगायतका नेताहरूले जात, क्षेत्रका सवालमा हामी अल्झिनु हुँदैन भन्दै बाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरे ।
एमाले जिल्ला सचिवालय सदस्य खडक रावतको अध्यक्षतामा भएको सभामा प्रतिनिधिसभाका उम्मेदवार गौरीशंकर चौधरी, प्रदेशसभाका उम्मेदवार अमर साउँद लगायते चुनाव जितेपछि आफूहरूले गर्ने काम बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार