बाम गठवन्धनलाई भोट दिन थारु नेताहरुको आग्रह
धनगढी । कैलालीको राजनीतिमा निर्णायक मानिएको थारू समूदायका नेताहरूले कुनैपनि खालको भ्रममा नपरेर आसन्न निर्बाचनमा बामगठवन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन ।
आज कैलालीको मसुरियामा भेला भएका नेताहरूले बामगठवन्धन नै थारू समूदायको हीतमा काम गर्न सक्ने भन्दै आममतदातालाई बामगठवन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका हुन ।
भेलामा थारू राष्ट्रिय मुक्ती मोर्चाका महासचिव हरिराम चौधरी उत्सव, लोकतान्त्रिक थारू संघ कैलालीका अध्यक्ष चुनकुमारी चौधरी, पूर्वमन्त्री गौरीशंकर चौधरी, पूर्व सांसद विरमान चौधरी, पूर्व सांसद रुपाशोशी चौधरी, माओबादी नेता नेपवहादुर चौधरी, एमाले नेताहरू हनुमान चौधरी, लालवीर चौधरी र लक्ष्मी चौधरीको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा वोल्दै माओवादीका केन्द्रीय सचिवालय सदस्य लेखराज भट्टले थारू समूदायको अधिकार दिलाउन आफूहरू गम्भीर भएर लाग्ने प्रतिवद्धता गरे । एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले पनि बामगठवन्धनले मात्र थारू लगायतका समूदायका हकहीतको रक्षा र संरक्षण गर्न सक्ने दावी गरे ।
कैलालीमा चार लाख ६० हजार पाँच हजार ७८ जम्मा मतदाता रहेकोमा एक लाख ५० हजार भन्दा बढी थारू समूदायका मतदाता रहेको अनुमान छ । कैलालीमा झण्डै ४२ प्रतिशत थारू समूदायको बसोबास रहेको छ ।
बामगठन्धनले कैलालीमा थारू समूदायको जनसंख्या बरावर नै प्रत्यक्षतर्फबाट थारू नेताहरूलाई उम्मेदवार बनाएको छ । प्रतिनीधिसभामा ५ र प्रदेशसभामा १० सीट रहेको कैलालीमा थारू समूदायबाट प्रतिनीधिसभामा क्षेत्र नम्वर ३ बाट गौरीशंकर चौधरी र ५ बाट नारदमूनी राना उम्मेदवार छन । यस्तै प्रदेशसभामा क्षेत्र नम्वर १ को १ मा लालवीर चौधरी, २ मा नेपवहादुर चौधरी, क्षेत्र नम्बर ३ को १ मा वीरमान चौधरी, क्षेत्र नम्वर ५ को १ मा उम्मेदवार नेपालू चौधरी उम्मेदवार छन ।