काँग्रेसद्वारा चुनावी प्रचारप्रसार
अत्तरिया । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ कैलालीले चुनावी प्रचारप्रसार अभियानलाई तीब्रता दिएको छ । यस क्रममा शुक्रबार गोदावरी नगरपालिकाको वडा नम्बर १,२,३,४ र १० मा बृहत घरदैलो तथा भेटघाट गरेको छ ।
घरदैलौको क्रममा सो क्षेत्रमा राजेश विकको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ४९ जना नेपाली काँग्रेसमा प्रवेश गरेको प्रचारप्रसार समितिका प्रवक्ता तेज खड्काले बताए ।
यस्तै, गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा टोल भेला समेत गरेको छ । टोल भेलाको क्रममा विभिन्न पार्टी परित्याग गरी ७६ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नव प्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत गरिन् ।
घरदैलो तथा भेलामा प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारी, पूर्व राज्यमन्त्री दीर्घराज भाट, महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, क्षेत्रीय सभापति दिनेशराज जोशी, महाधिवेशन प्रतिनिधि उत्तमबहादुर कठायत, नेता रामबहादुर कलेल, प्रदेश सभा सदस्य (ख) का उम्मेदवार हीरादत्त भट्ट, पूर्व क्षेत्रीय सभापति भीम गौतम, नेता सुरत कार्की, नगर सभापति हेमप्रकाश उप्रेती, प्रवक्ता तेजबहादुुर खड््का लगायतका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।