१२ श्रावण २०८१, शनिबार

बम निष्कृय पारियो



धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा बिहीबार फेला परेको बाल्टीन बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
बिहीबार बिहान साढे पाँच बजेतिर घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी स्थित बाम गठबन्धन र नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकै बाल्टिन बम फेला परेको थियो ।
बिहानको समयमा स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले दिएको जनकारी अनुसार बिहान ८:२० मा नेपाली सेनाको बम डिस्पोजल टेलीले बम निस्किृय पारेको हो ।
स्थानीय निकायको निर्वाचन पछि हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी बम राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार