नयाँशक्तिका शाह र पण्डितले बाम गठबन्धनलाई समर्थनको घोषणा



टीकापुर । नयाँशक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य डाक्टर जनकराज शाह र बुद्धिजीवी दामोदर पण्डितले कैलालीमा बाम गठन्धनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका शाह र पण्डितले बिहीबार टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा समर्थनको घोषणा गरे ।
सो अवसरमा कैलाली क्षेत्र नम्बर १ का बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार गरिमा शाह र प्रदेश सभा सदस्य ख क्षेत्रका उम्मेदवार नेपबहादुर चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्