स्रोतसाधनमा पहुँचबारे अन्तरक्रिया



धनगढी । फाया नेपालको आयोजनामा सीमान्तकृत समुदायको स्थानीय स्रोतसाधन र सेवासुविधासम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार चुरे गाउँपालिकाको सहजपुरमा सम्पन्न गरेको छ ।
युरोपियन युनियन र डिसिएको साझेदारीमा फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत भएको कार्यक्रममा सीमान्तकृत समुदायको स्थानीय स्रोतसाधन, सेवासुविधामा पहुँच, खाद्यअधिकार सुनिश्चितता र खाद्य सुरक्षामा टेवा पुर्‍याउने उद्देश्यले गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले कृषि खाद्य सुरक्षा र लक्षित कार्यक्रमको बृद्धि, विपन्न समुदायको समान सहभागिता र खाद्य अधिकार सुनिश्चिततामा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं चुरे गाउँपालिकाका उपाध्यक्ष दीपा साउँदले सीमान्तकृत बिपन्न समुदायको खाद्यअधिकार समान सहभागिताका लागि गाउँपालिकाले कृषि र खाद्यसुरक्षा लक्षित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा चुरे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नरबहादुर तामाङ, ६ का अध्यक्ष प्रेम साउँद, वडा सदस्य हिक्मत भाट, गाउँ कार्यपालिका सदस्य पार्वतीदेवी ऐर, कृषि सेवा केन्द्रका गीता उपाध्याय, पशुसेवा केन्द्रका केशवराज जैसी, स्वास्थ्य चौकीकी विश्वमाया पौडेल, आरबीडब्लुआरएमपीका पूर्णानन्द अवस्थी, फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैका, किसान महासंघका कोषाध्यक्ष धनबहादुर धामी लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रम सहजपुर किसान महासंघका उपाध्यक्ष सोम प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन फाया नेपालका सामाजिक परिचालन सहजकर्ता शेखर पोखरेलले गरेका थिए।

मंसिर १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्