६ कार्तिक २०८१, मंगलवार

सामाजिक लेखाजोखा



अत्तरिया । कृषि खाद्य सुरक्षा र लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम मंगलबार अत्तरियामा भएको छ । फाया नेपालको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँद, उपप्रमुख रत्ना कडायत, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, कृषिविज्ञ लोकराज उपाध्याय, पशु विकास अधिकृत भवानी भट्ट, स्वास्थ्य संयोजक हर्कबहादुर खड्का, फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैका, माया विक, किसान महासंघ उपाध्यक्ष राधिका भट्ट, हेमन्ती पाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम किसान महासंघका अध्यक्ष सुमित्रा सोवको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार