१० कार्तिक २०७८, बुधबार

लक्षित समुदायको पहुँचबारे अन्तरक्रिया



धनगढी । सीमान्तकृत समुदायको स्थानीय श्रोतसाधन र सेवासुविधामा लक्षित समुदायको पहुँच विषयमा सोमबार अन्तरक्रिया भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंकबहादुर बिष्ट, जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मीनबहादुर थापा, जिल्ला कृषि विकास कार्यालयका हर्कबहादुर बम, फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठक, पुष्पा बरायली, कुश्मा राना, रानु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम किसान महासंघकी अध्यक्ष माया ताम्राकारको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्